Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको आइपिओमा झुमिए लगानीकर्ता, पर्यो झण्डै ५ गुणाबढी आवेदन

अर्थ संसार

आइतबार, २८ असार २०७७, १७ : १९ मा प्रकाशित

अजोड इन्स्योरेन्सको आइपिओमा झुमिए लगानीकर्ता, पर्यो झण्डै ५ गुणाबढी आवेदन

अर्थ संसार, काठमाडौं- अजोड इन्स्योरेन्स लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा आइतबार साँझासम्म झण्डै ५ गुणा बढी आवेदन परेको छ ।

असार २५ गतेदेखि निश्कासन भएको आइपिओमा खुलेको ३ दिनमा १ करोड ४७ लाख कित्ता शेयरको लागि ४ लाख १ सय ५ सय जनाले दिएको निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले अर्थ संसार डट कमलाई जानकारी दिएको छ । 

कम्पनीले प्रति कित्ता एक सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । निश्कासन कित्ता शेयर र आवेदनको अनुपातमा यो माग भन्दा ४.९ गुणा बढी आवेदन परेको छ ।

निश्कासन शेयर कित्तामध्ये  ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात १ लाख ५० हजार सामुहिक लगानी कोषलाई र बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । 

संचालक र व्यवस्थापनको इमेजका कारण अजोडको IPO मा लगानीकर्ता आकर्षित हुनेछन् । Kumar Bahadur Khatri

 कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले आईपीओमा छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं, अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

आईपीओकाे बारेमा अन्य विवरण तलकाे भिडियाे मार्फत हेर्न सक्नुहुनेछ :

 

यो पनि हेर्नुहोस 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको