Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज बैंकले एकैदिन थप्याे ४ शाखा र १ विस्तारित काउन्टर

निशा हुमाँगाई

आइतबार, २८ असार २०७७, १७ : ०२ मा प्रकाशित

सनराइज बैंकले एकैदिन थप्याे ४ शाखा र १ विस्तारित काउन्टर

अर्थ संसार, काठमाडौं – सनराइज बैंक लिमिटेडले आज (आइतबार) एकैदिन ४ वटा शाखा र १ विस्तारित काउन्टर थपेकाे छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटाशाखा र १ विस्तारित काउन्टरको उद्घाटन गरेका हुन् ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको बैंकले जानकारी दिएकाे छ ।

नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आमनागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल र कुमारीगालमा शाखा तथा हरिसिद्धीमा विस्तारित काउन्टर सुरू गरेको हो ।  

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै डिजिटल माध्यम मार्फत उद्घाटन गरेको हो । आफ्ना शाखाहरू मार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरूमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरू छिटो, छरितो, चुस्त र दुरूस्त रूपमा ग्राहकहरूलाई प्रदान गर्ने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको