Like us!
Follow us!
Connect us!
Watch us!

सशक्त बन्दै कुमारी बैंक, देवः विकास बैंकसँगको एकिकृत कारोबार शुरु

अर्थ संसार

आइतबार, २८ असार २०७७, १६ : ५० मा प्रकाशित

सशक्त बन्दै कुमारी बैंक, देवः विकास बैंकसँगको एकिकृत कारोबार शुरु

अर्थ संसार, काठमाडौं– कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी आइतबारदेखि आधिकारिक रुपमा एकीकृत कारोबार शुभारम्भ गरेको छ । 

कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङ (अ प्रा) ले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ  गर्नु भएको हो । 

यस नयाँ कार्य थालनी पश्चात ्कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेपरु १२४ अर्ब, कूलकर्जा प्रवाहरु ११२ अर्बतथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ । यस पश्चात् बैंक पहिले भन्दा सबलर आगामी दिनमा बैंकका शाखा÷एटिएम विस्तारित तथा बैंकिङ्ग सेवा सुविधा अझै उत्कृष्ट रग्राहकमुखी हुदैं जानेमा बैंकले प्रतिबद्ध रहेको जानकारी गराएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको