Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले दियो माउण्टेन इनर्जीलाई आइपिओ जारी गर्ने अनुमति

निशा हुमाँगाई

शुक्रबार, २६ असार २०७७, १५ : १४ मा प्रकाशित

धितोपत्र बोर्डले दियो माउण्टेन इनर्जीलाई आइपिओ जारी गर्ने अनुमति

अर्थ संसार, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले माउण्टेन इनर्जी नेपाल लिमिटेडलाई साधारण शेयर (आइपिओ) जारी गर्ने अनुमति दिएको छ ।

कम्पनीले ३९ करोड ३६ लाख रूपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल फागुन २६ गते सेबाेनमा निवेदन पेश गरेकाे थियाे ।

जसमध्ये आयोजना प्रभावित स्थानिका लागि १९ लाख ६८ हजार २७ कित्ता र सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर  (आईपीओ) निष्कासन गर्न कम्पनीलाई सेबोनले हिजाे (असार २५ गते, बिहीबार) अनुमति दिएको हाे ।

कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको