Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

निशा हुमाँगाई

बुधबार, २४ असार २०७७, १८ : ०३ मा प्रकाशित

ग्लोबल आइएमई बैंकद्वारा आर्थिक सहयोग प्रदान

अर्थ संसार, काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रूपैयाँ सहयोग गरेको छ ।

बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २  का माननीय मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

माननीय मुख्यमन्त्री राउतले कोरोना भाइरस (कोभिड –१९) विरूद्धको अभियानमा बैंकले गरेको यस सहयोग महत्वपूर्ण भएको उल्लेख गर्दै बैंकलाई धन्यवाद दिएका छन् ।

बैंकले, कोरोना भाइरसले नेपाल लगायत सम्पूर्ण विश्वलाई नै त्रसित बनाइरहेको अवस्थामा, यस योगदानबाट यो भाईरस विरूद्व लड्न थप प्रेरणा र सहयोग हुने विश्वास लिएको छ ।    

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको