Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत: विद्यालयले नै लिने भाे कक्षा ११ को परीक्षा

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १२ : ३० मा प्रकाशित

अन्तत: विद्यालयले नै लिने भाे कक्षा ११ को परीक्षा

अर्थ संसार, काठमाडौं – यस वर्ष कक्षा ११ को बोर्ड परीक्षा विद्यालयले नै लिने भएको छ । हाल विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस र यस भाइरस न्यूनीकरण गर्न जारी गरिएकाे लकडाउनका कारण सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेकाे हाे ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो ।

यसैगरी, परीक्षा सञ्चालनको मापदण्ड, विद्यार्थीको मूल्याङ्कन नम्बर दिने मापदण्ड तथा प्रमाणीकरणको आधार लगायतका विषयमा कार्यविधि स्पष्ट गरिने पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले जानकारी दिएका छन् ।

यसअघि वैशाख २१ गतेबाट हुने भनिएकाे कक्षा  ११ काे परिक्षा लकडाउनका कारण स्थगित भएकाे थियाे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको