Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लगानीमा व्याजदर घट्दा आएको चुनौतिलाई अवसरमा बदल्नेछौं : प्रा.डा. रामचन्द्र भट्टराई,अध्यक्ष -सिआइटी

अर्थ संसार

शनिबार, २० असार २०७७, १९ : १९ मा प्रकाशित

नागरिक लगानी कोषको लगानीमा व्याजदर घट्दा आएको चुनौतिलाई अवसरमा बदल्नेछौं : प्रा.डा. रामचन्द्र भट्टराई,अध्यक्ष -सिआइटी

अर्थ संसार, काठमाडौं-  नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराईले कोषको लगानीमा व्याजदर घट्दा आएको चुनौतिलाई अवसरको रुपमा बदल्दै लैजाने बताएका छन् । 

कोषको २५ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष प्रा.डा. भट्टराईले कोषले आर्थिक वर्ष २०७५/७६ को कारोबारबारमा महत्वपूर्ण फड्को मारेको बताउँदै स्वदेर र विदेशमा रहेका नेपालीलाई समावेश गरी सामाजिक सुरक्षा प्रदान गर्ने हेतुले कोषले नागरिक पेन्सन शुरु गरेको बताए ।

नागरिक लगानी कोषको अगुवाईमा नागरिक स्कट डिलर कम्पनी स्थापान  भएको र बजार प्रवेशको तयारी गरिहेको अध्यक्ष प्रा.डा. भट्टराईले जानकारी दिए ।

नागरिक लगानी कोषले पारित गर्यो २२% बोनस | अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले गरे यस्तो प्रतिवद्धता

कोषको संचित रकक वाणिज्य बैंकका मुद्दती खातामा अध्याधिक रहेको र यसको निक्षेपको व्याजदर घट्दै गएको सन्दर्भमा लगानी विविधीकरण गरी कोष प्रतिफल कायम राख्न चुनौति देखिएको अध्यक्ष प्रा.डा.ले बताए ।

नयाँ भवनमा नागरिक लगानी कोषको साधारणसभा सम्पन्न, प्रस्तावित एजेण्डा पारित (फोटोफिचर) 

 साधारणसभामा  शेयर धनी डमरु बल्लभ घिमिरे र शिव प्रसाद पौडेलले  शेयरधनीहरुको प्रतिनिधित्व गर्दै बोलका थिए । साधारणसभामा बोल्दै शेयरधनी घिमिरेलले पहिलोको तुलनमा अहिले नगारिक लगानीकोष धेरै अगाडि बढेको बताए । शेयरधनीलाई लाभांश र हकप्रद शेयर दिएकोमा कम्पनीप्रति आभार प्रकट समेत दिन भए ।

गत वर्ष नागरिक लगानी कोषको काम कारबाहीबाट असन्तुष्ट शेयरधनीले; यो साल राखे यस्तो भनाई | AGM | CIT

त्यसै गरी शेयरधनी पौडेलले कम्पनीलाई खर्च कटौति गर्न सल्लाह  दिए । यस्तो परिस्थितिमा उचित प्रतिफलको  लागि सेवा र सुविधा कटौति गर्नु पर्ने शेयरधनी पौडेलेको भनाई छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको