Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो नाजुक अवस्थामा नियामन निकायले शेयर बजारको ठोस नीतिगत सुधारका काम गर्न सक्नुपर्छ

सोमबार, १५ असार २०७७, १० : २४ मा प्रकाशित

यस्तो नाजुक अवस्थामा नियामन निकायले शेयर बजारको ठोस नीतिगत सुधारका काम गर्न सक्नुपर्छ

जहिले पनि बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले बजारलाई घटाउँन  सहयोग पुर्याउँछ । देशको अबस्था, प्राकृतिक प्रकोप, तरलता र सरकारको पुँजीबजार प्रतिको दृष्ट्रिकोण  र सरकारले पुँजीबजार प्रति लिने निति ।

अहिलेको जस्तो अत्यन्त नाजुक अवस्थामा बजारको लागि आवश्यक ठोस नितिगत सुधारका कामहरु हुन सकेका छैनन्।
सरकारले समेत बजारलाई प्राथमिकतामा राखेर  सम्बोधन नगरेको कारण शेयर बजारप्रती लगानिकर्ताको मनोबल कमजोर भएको हामिले पाएका छौं। यसका साथै लामो समय देखि बन्द भएको पुँजीबजारमा आफ्नो सम्पति बन्धक भएको कारण अत्याआवश्य कामलाई समेत रकम निस्कासन गर्न नपाउँदा पिडित भएका लगानीकर्ताले खर्चको जोहो गर्नेहरुले पनि बिक्री चाप बढाउने गर्दछन् ।

उसै पनि थिलथिलो पुँजीबजारमा कोरोनाको कहरबाट गुज्रिरहेको अबस्थामा अब पुँजी बजार अवश्य पनि घट्छ अहिले बेचेर पछि घटेपछि फेरी किनौंला भन्ने लगानिकर्ताको मनोबिज्ञान पनि रहेको हुन्छ ।

यसकारण हातमा पैसा लिएर बस्ने लगानीकर्ता पनि पर्ख र हेरकै अबस्थामा हुँनेछन् । यसका साथै अब असाढ मसान्तमा मार्जिन कल र ब्याज तिर्ने चटारोको प्रेसर पनि पर्न सक्छ । करिब तिन महिना (लकडाउन) अघी खरिद गरेका धेरै लगानीकर्ताले ब्रोकर लाई भुक्तानी गर्न बाँकी र अन्तबाट रकम जौहो गर्न नसक्दा भुक्तानी रहेको कारण असुलीको लागी ब्रोकरहरु स्वयंले  बिक्रीको चाप पनि बढाउन सक्छन् र बजार घट्न सक्छ ।

अझै पनि नियामक निकायले एक आपसमा समुन्वय गरेर लगानिकर्ताको मनोबल बढाई आपुर्तीमा कमी ल्याउनेतर्फ कदम चालिदिने हो भने यसबाट थोरै भएपनि राहत पाउँन सकिन्छ ।

यो पनि पढ्नुहोस्

९८ दिनपछि खुलेको शेयर बजारमा गयो पहिरो ! 

आजदेखि खुल्ने बजारमा लागू हुन्छ यस्ता नियम

शेयर बजार भोलीदेखि खुल्ने !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको