Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले शेयर बजार खोल्नु ठिक, लगानीकर्ताको लागि राहत प्याकेज नल्याउनु दुःखत !

आइतबार, १४ असार २०७७, १५ : ३९ मा प्रकाशित

सरकारले शेयर बजार खोल्नु ठिक, लगानीकर्ताको लागि राहत प्याकेज नल्याउनु दुःखत !

लकडाउनको कारण लामो सयम पछि सोमबारदेखि शेयर बजार खुलेपनि परिस्थिति भने सहज हुने छैन् । नेपाली लगानिकर्ताहरुको मनोबल लामो समयदेखी कमजोर अबस्थामा रहेको छ। जसको कारण कोरोना अघिको सहज र सम्भावना उन्मुख परिस्थितिमा पनि बजारले युटर्न गर्न सकेको थिएन।

सहज परिस्थितिमा समेत उकालो लाग्न नसकेको बजार बर्तमान विषम परिस्थितिमा तत्कालै सुधारउन्मुख अबस्थामा जाला भन्ने अबस्था छैन। जसरी भारतिय शेयर बजारमा भारत सरकारको ठूलो राहत प्याकेजपछी लकडाउनकै समयमापनी त्यहाको शेयर बजारले उचाइ लियो, त्यस्तो परिस्थिति नेपालमा छैन।

एक त शेयर बजार राज्यको प्राथमिकता भित्र छैन, अर्को कुरा राज्यले शेयर बजारमा राहत प्याकेज घोषणा गर्न सक्ने अबस्था पनि छैन। त्यसकारण पनि लगानिकर्ताको आत्म

बल दरिलो हुन सक्ने अबस्था देखिदैन। त्यसको असर बजारमा स्वत  पर्ने छ। फलस्वरूप  तत्कालै बजार सुधार हुने अबस्था देखिदैन। यद्यपि हामिले कुनै न कुनै बिन्दुमा गएर शेयर बजार खोल्नै पर्ने थियो। अहिलेको मुख्य कुरा लगानिकर्ताको शेयर बजारमा  रहेको सम्पत्ति बिना आधार   र औचित्य हिन तवरबाट जोखिममा नपारी बजार संचालनको वातावरण बनाउनु हो।

बजारलाई प्राकृतिक लय प्रदान गर्नु हो। बजारमा लगानिकर्ताको मनोबल बलियो बनाउन सरकारले कुनै न कुनै रुपमा नितिगत प्याकेज घोषणा गर्नै पर्छ। यसअघिका केही कारोबारमा गरिए जसरी सर्किट ब्रेकरको सिमालाइ घटाएर बजार खोल्दा उपयुक्त हुनेछ। लगानिकर्ता, शेयर दलाल लगायत अन्य सम्बद्ध पक्षको पीडा र पिर मर्कालाइ एउटा अविभावक को रुपमा राज्यले सम्बोधन गर्नै पर्छ।

यो पनि पढ्नुहोस्

शेयर बजार भोलीदेखि खुल्ने ! 

इप्पानको निर्वाचन : कृष्ण आचार्य भर्सेस सूर्यप्रसाद अधिकारी ! 

इप्पानको चुनावमा महासचिवको महाभिडन्त : शेर्पा भर्सेस डागी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको