Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई खुसीको खबर, आज पनि खुल्छ सानिमा क्यापिटल

निशा हुमाँगाई

शनिबार, १३ असार २०७७, ०८ : ०३ मा प्रकाशित

लगानीकर्तालाई खुसीको खबर, आज पनि खुल्छ सानिमा क्यापिटल

अर्थ संसार, काठमाडौं - एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १० गतेदेखि साधारण शेयर (आइपीओ) निष्कासन गरेकाे हामी सबैलाई यथावतै छ ।

साेही आइपीओमा लगानी गर्न इच्छुक लगानीकर्ताहरूकाे सहजीकरणका लागी आज (शनिबार) पनि बिहान १० बजेदेखि दिउँसाे १ बजेसम्म हितग्राही खाता खाेल्ने, मेराे शेयर नविकरण गर्ने लगायतका सेवा प्रदान गर्न खुल्ला रहने निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले बताएकाे छ ।

लघुवित्तले निष्कासन गरेकाे आइपीओमा हिजाे (शुक्रबार) अर्थात निष्कासनकाे तेश्राे दिन बेलुका ३ बजेर ३० मिनेटसम्ममा २ लाख ९० हजार जना आवेदकबाट १ अर्ब ६२ करोड रुपैयाँ बराबरको १ करोड ६२ लाख कित्ता शेयर खरिदको माग राखी आवेदन परेको थियाे । याे मागभन्दा ३.६४ गुणा बढी आवेदन हो ।

लघुवित्तले असार १० गते, बुधबारदेखि जारी चुक्ता पूँजी १ अर्ब ४८ कराेड रूपैयाँकाे ३२ दशमलव १३ प्रतिशतका दरले ४७ कराेड ५५ लाख रकम बराबरकाे प्रति शेयर रू.१०० अंकित दरकाे ४७ लाख ५५ हजार कित्ता आईपीओमध्ये ७४ हजार कित्ता कर्मचारीहरुको लागि, २ लाख ३७ हजार ८०० कित्ता सामुहिक लगानी कोषको लागि र ४४ लाख ४३ हजार २०० कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।

आवेदन दिन चाहाने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा असार १४ गते र ढिलोमा असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको