Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इन्स्याेरेन्सको साधारण सभा आज, यस्ता छन् पारित गरिने एजेन्डा

निशा हुमाँगाई

शनिबार, १३ असार २०७७, ०७ : ३५ मा प्रकाशित

सिद्धार्थ इन्स्याेरेन्सको साधारण सभा आज, यस्ता छन् पारित गरिने एजेन्डा

अर्थ संसार, काठमाडौं – सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १८औं वार्षिक साधारण सभा आज हुँदैछ ।

कम्पनीकाे जेठ २७ गते मंगलबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे १८औं वार्षिक साधारण सभा आज (असार १३ गते, शनिबार) सिद्धार्थ इन्स्याेरेन्स भवन हनुमानस्थान, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने गरी बाेलाएकाे हाे । यसअघि चैत्र २८ गते शुक्रबार अग्रवाल सेवा केन्द्रको भवन, कमल पोखरी, काठमाडौंमा गर्ने भनिएकाे साधारण सभा कोरोना भाइरसका कारण स्थगित भएकाे थियाे ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । त्यस्तै, सभामा सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको