Like us!
Follow us!
Connect us!
Watch us!

अब सिमकार्ड लिन छैन सजिलो, हेर्नुहाेस् प्राधिकरणको नयाँ नियम

निशा हुमाँगाई

शुक्रबार, १२ असार २०७७, १३ : १४ मा प्रकाशित

अब सिमकार्ड लिन छैन सजिलो, हेर्नुहाेस्  प्राधिकरणको नयाँ नियम

अर्थ संसार, काठमाडौं - नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड लिनका लागि नयाँ नियम लागू गरेकाे छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै नयाँ सिमकार्ड लिन आफ्नो सक्कली परिचयपत्र लिएर सम्बन्धित ग्राहक आफैं उपस्थित हुनपर्ने निर्देशन जारी गरेको हो ।

प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन दिएकाे हाे ।

मोवाइल सेवा प्रदायकहरुले आफैंले वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गरिरहँदा कसैगरी एक व्यक्तिको परिचयपत्रको प्रतिलिपी अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रुपमा अन्य व्यक्तिको मोवाइल नम्बरमा पहुँच पुग्न गई बैकिङ्ग सेवा, ईमेल सेवा, फेसबुक लगायतका समाजिक सञ्जाल र अन्य डिजिटल सेवाहरु तथा डाटाहरुमा समेत अनधिकृत व्यक्तिको पहुँच पुग्न जाने तथा सुरक्षा खतरा समेत बढ्ने भएकोले यस्ताे निर्देशन जारी गरिएकाे प्राधिकरणले जानकारी दिएकाे छ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको