Like us!
Follow us!
Connect us!
Watch us!

७ वटा आयोजनाको लगानी स्वीकृत, कुनको कति ?

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, ११ : ५३ मा प्रकाशित

७ वटा आयोजनाको लगानी स्वीकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं – लगानी बोर्डले १ खर्ब ८५ अर्ब ४३ करोड रूपैयाँ बराबरकाे ७ वटा आयोजनाको लगानी स्वीकृत गरेकाे छ । 

लगानी बोर्डको सचिवालयले दिएकाे जानकारी अनुसार हिजाे (शुक्रबार) प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएकाे बैठकले ५ वटा हाइड्रोपावर र २ वटा सिमेन्ट उद्योगको  लगानी स्वीकृत गरेकाे हाे ।

बैठकले हाइड्रोपावर अन्तर्गत ३२७ मेगावाटको अपर मर्स्याङदी हाइड्रोपावर–२ परियोजनाका लागि करिब ७८ अर्ब ६५ करोड रुपैयाँ, आँखु खोला हाइड्रोपावर (४२.९ मेगावाट) को लागि ६ अर्ब ३० करोड रुपैयाँ, म्याग्दीखोला हाइड्रोपावर (५७.३ मेगावाट) को लागि १० अर्ब ३१ करोड रुपैयाँ, इसुवाखोला हाइड्रोइलेक्ट्रिक (९७.२ मेगावाट) को लागि १३ अर्ब ५७ करोड रुपैयाँ र कालिगण्डकी गर्ज हाइड्रोपावर (१६४ मेगावाट) परियोजनाका लागि करिब २८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, सिमेन्टतर्फ दाङ सिमेन्ट परियोजनाका लागि ३२ अर्ब ५० करोड रुपैयाँ र सम्राट सिमेन्टका लागि १५ अर्ब ५ करोड रुपैयाँको लगानी स्वीकृत गरेको हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको