Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्न लागेकाे रिलायन्स लाइफले डाक्यो साधारण सभा, कहाँ र कहिले हुँदै ?

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, १० : ५७ मा प्रकाशित

आईपीओ निष्कासन गर्न लागेकाे रिलायन्स लाइफले डाक्यो साधारण सभा, कहाँ र कहिले हुँदै ?

अर्थ संसार, काठमाडौं - रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।  

कम्पनीकाे असार ५ गते शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा असार २८ गते आइतबार काठमाडाैं म्यारियट हाेटल, नक्साल, काठमाडाैंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

यस्तै, सभामा कम्पनीले सर्वसाधारणका लागि शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव पनि पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीकाे प्रबन्धपत्रकाे उद्देश्यमा कम्पनीले सामूहिक लगानी काेष स्थापना गर्ने उद्देश्य थप गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eed9b9aa46a3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको