Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल हाइड्रोले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

शनिबार, ०६ असार २०७७, ०९ : ३९ मा प्रकाशित

हिमाल हाइड्रोले डाक्याे साधारण सभा, कहाँ, कहिले र के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – हिमाल हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे सत्ताइसाैँ वार्षिक साधारण सभा असार १६ गते मंगलबार सि.जी. बैठक कक्ष, चाैधरी गृह, सानेपा, ललितपुरमा दिनकाे १२ बजेबाट शुरू हुनेछ । यसअघि, चैत्र २७ गते गर्ने भनिएकाे सभा हाल विश्वभर फैलिरहेकाे काेराेना भाइरस संक्रमणकाे जाेखिम न्यूनिकरण गर्नका लागि नेपाल सरकारले जारी गरेकाे लकडाउनका कारण स्थगित भएकाे थियाे ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5eed8cc5193ac.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको