Web Analytics Made Easy - StatCounter
सोमबार, ०५ असोज २०७७
नेपाल शेयर मार्केट्सका तत्कालीन अध्यक्ष श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर
बुधबार, ०३ असार २०७७

अर्थ संसार, काठमाडौं – नेपाल शेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा दायर गरेकाे छ । विभागले बुधबार श्रेष्ठविरुद्ध एक अर्ब ७१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा विशेष अदालमा मुद्दा दायर गरेको हो ।

विभागले एक अर्ब ७१ करोड ६३ लाख ३६ हजार २१३ रुपैयाँ १४ पैसा बिगो कायम गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ विपरीतको कसुरमा मुद्दा दायर गरिएकाे जानकारी दिएकाे छ ।

 



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved