Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद जारी गर्ने विशेष एजेन्डासहित सिभिल लघुवित्तले डाक्याे सभा, बुकक्लोज कहिले ?

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, १५ : ४२ मा प्रकाशित

शतप्रतिशत हकप्रद जारी गर्ने विशेष एजेन्डासहित सिभिल लघुवित्तले डाक्याे सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं - सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

संस्थाकाे आज (असार ३ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे आठाैँ वार्षिक साधारण सभा असार २६ गते शुक्रबार होटल अर्किड परिसर, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट शुरू हुनेछ ।

संस्थाले साधारण सभा, हकप्रद शेयर निष्कासन तथा लाभांश वितरण प्रयाेजनार्थ असार १५ गते साेमबार बुकक्लोज गर्ने भएको छ । तसर्थ असार १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

संस्थाले चुक्ता पूँजीको शतप्रतिशत (१००%) १ः१ काे अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट गत फागुन १४ गते,बुधबार नै अनुमति पाइसकेकाे छ । सेञ्चुरी क्यापिटललाई बिक्री प्रबन्धक ताेकिएकाे उक्त हकप्रद पश्चात संस्थाकाे चुक्ता पूँजी २२ करोड ८२ लाख २८ हजार रुपैयाँ पुग्दछ । हाल संस्थाकाे चुक्ता पूँजी ११ करोड ४१ लाख १४ हजार रूपैयाँ रहेकाे छ ।

त्यसैगरी, सभामा संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee9ea9268d37.jpg 5ee9ec228dd81.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको