Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो स्थगित साधारण सभा

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, १४ : ५७ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकले बोलायो स्थगित साधारण सभा

अर्थ संसार, काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

बैंककाे असार २ गते मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे १४औं वार्षिक साधारण सभा असार १४ गते आइतबार हाेटेल टाईमलेस, मुमेन्टस, विर्तामाेड, झापामा अपरान्ह १ बजेबाट सुरू हुनेछ । 

सभामा बैंककाे माघ १८ गते शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई  १७.१० प्रतिशत बाेनस शेयर र कर प्रयाेजन ०.९० प्रतिशत गरी कूल १८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । यस्तै, सभामा बैंकले बोनस वितरणपछि कायम हुने चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँको ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

यसैगरी, सभामा बैंककाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, बैंककाे आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि ताेकिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ee9df418a29c.jpg 5ee9df4ea4c57.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको