Like us!
Follow us!
Connect us!
Watch us!

अब एनसेलको डाटा प्याक खल्तीबाटै किन्न सकिने,कसरी किन्ने ?

निशा हुमाँगाई

मंगलबार, ०२ असार २०७७, १३ : ४० मा प्रकाशित

अब एनसेलको डाटा प्याक खल्तीबाटै किन्न सकिने,कसरी किन्ने ?

अर्थ संसार, काठमाडौं - खल्ती मोबाइल वालेटका प्रयोगकर्ताहरुले Ncell को मोबाईल Data Pack र Voice Pack अब Khalti Digital Wallet मोबाईल एपका साथै khalti.com वेवसाइटबाट सिधै किन्न सक्ने भएका छन् । खल्तीबाट एन सेलका विभिन्न प्याक किन्दा ग्राहकले आकर्षक क्यास ब्याकसमेत पाउने छन् ।

 Ncell का प्याक किन्ने सुविधा दिन खल्तीले मोबाइल एपमा नयाँ मेनु थपेको छ । त्यसमा Ncell ले उपलब्ध गराउने प्याकहरूको विवरण उपलब्ध छ । उक्त मेनुमा गएर ग्राहकले प्याक छानेर खरिद गर्नुका साथै उक्त प्याकको अवधिको समेत जानकारी पाउन सक्ने छन् । 

Ncell को मोबाईल Data Pack किन्न खल्तीको मोबाइल एप वा khalti.com वेव पेजबाट लगइन गर्नुपर्छ । त्यहाँको गृहपृष्ठमा Data Packक मेनु उपलब्ध छ । त्यसमा गएपछि आफुले चाहेको प्याक योजना तालिकाबाट छान्न सकिन्छ । त्यसपछि कुन मोबाइल नम्बरका लागि प्याक किन्ने हो, त्यही नम्बर हाल्नुपर्छ । त्यहाँ Data Pack को भुक्तानी विधि छान्ने विकल्प उपलब्ध छ । ग्राहकले खल्ती एपबाट सिधै, मोबाइल बैंकिंग वा इन्टरनेट बैंकिङ्गमध्ये कुनै विकल्प छानेर Data Pack को भुक्तानी गर्न सक्नेछन् । यही विधिबाट Ncell को Voice Pack समेत खरिद गर्न सकिनेछ ।

एनसेलका प्रमुख वाणिज्य अधिकृत प्रदीप श्रीवास्तव भन्छन्, “हामी डिजिटल प्लेलफर्म उपयोग गर्ने ग्राहकको आवश्यकतालाई सम्बोधन गर्न सधैं प्रयासरत रहन्छौं । खल्ती डिजिटल वालेटसँगको सहकार्यमा हाम्रा उत्पादनहरू एपबाटै खरिद गर्न सकिने व्यवस्था गरेका छौं । ग्राहकका मागका आधारमा बढी उत्पादन र सेवाहरू थप गर्दै लाने छौं ।’ 

एनसेलका ९८।९९ पैसादेखि १०४०।६५ रूपैयाँसम्मका प्याक खल्तीमा उपलब्ध छन् । तोकिएको भोलुमको डेटा सकिए पनि अवधि बाँकी रहेसम्म मुख्य ब्यालेन्सबाट रकम काटिने छैन ।

खल्तीका निर्देशक अमित अग्रवाल Ncell सँगको सहकार्यमा मोबाइल एप र खल्ती डटकम वेव पेजबाट Data किन्न सकिने सुविधा ल्याएपछि खल्तीबाटै परिवारका सदस्य र आफन्तहरूलाइ समेत Data किनेर उपहार दिन सकिने अवस्था आएको बताएका छन् । ‘खल्तीबाट जुनसुकै मोबाइलका लागि Data किन्न सकिने भएको छ,’ उनले भने, ‘यसले गर्दा Data किन्न नजान्ने, मोबाइलमा Data किन्न डायल गर्नु पर्ने विभिन्न कोडले गर्दा झण्झट मान्नेहरूलाइ समेत सजिलो भएको छ ।’ 

त्यस्तै, लकडाउनका बेला रिचार्ज कार्ड किन्न कठिनाइ भोग्नेहरूलाइ एनसेल र खल्तीको सहकार्यले निकै सहज बनाइदिएको छ । यतिखेर घरमा बस्नेहरूले अरू बेलाभन्दा बढि डेटा प्रयोग गरिरहेका छन् । पसलहरू नखुलेकाले रिचार्ज कार्ड किन्न सहज नभएका बेला मोवाइल एपबाटै डाटा किन्न सकिने भएपछि एनसेल प्रयोगकर्ताहरूलाइ निकै सहज भएको छ । खल्ती वालेटबाटै मोवाइल रिचार्ज, भ्वाइस प्याक र डेटा प्याक किन्न पाउने सुविधा उपलब्ध हुँदा टेलिकम कम्पनीहरू रिचार्ज कार्ड छाप्ने खर्चबाट मुक्त हुँदैछन् भने रिचार्ज कार्ड किन्न पसल धाउनु पर्ने, पिन नम्बर कोट्याउनु पर्ने र लामो अंकको पिन सम्झिनु पर्ने  अवस्थाबाट मोवाइल प्रयोगकर्ता मुक्त हुँदै गएका छन् ।  

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको