Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनामुक्त घोषणा गरेको न्युजिल्यान्डमा फेरि देखियो संक्रमण

अर्थ संसार

मंगलबार, ०२ असार २०७७, १० : ५८ मा प्रकाशित

कोरोनामुक्त घोषणा गरेको न्युजिल्यान्डमा फेरि देखियो संक्रमण

एजेन्सी । न्युजिल्यान्डमा फेरि कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण नदेखिएको २४ दिनपछि फेरि संक्रमण पुष्टि भएको हो ।


गत हप्ता मात्र न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले देशलाई कोरोनामुक्त समेत घोषणा गरेर पूर्णरुपमा खुला गरिसकेको छ । यसबीच २ जनामा नयाँ संक्रमण पुष्ट भएको हो ।

भर्खरै ब्रिटेनबाट फर्किएका दुई व्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्थानीय मिडियाका अनुसार ती दुई व्यक्तिलाई आफन्तको दाहसंस्कारका लागि बाहिरबाट आउन छुट दिइएको थियो।
योसँगै न्युपजल्यान्डमा कूल संक्रमितको संख्या १ हजार ५ सय ५ पुगेको छ। कोरोनाका कारण त्यहाँ २२ जनाको मृत्यु भएको छ। 

सबै प्रतिबन्ध खुला गरिएपनि त्यहाँ अन्तर्राष्ट्रिय यात्रा भने अझै प्रतिबन्धित छ। जरुरी काम परेका नागरिक र आवश्यक कर्मचारीहरुलाई मात्र देश फर्कने अनुमति छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको