Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीको डाउनलोड १० लाख नाघ्यो, ई-सेवा भन्दा झण्डै दुई गुणाबढी रेटिङ

अर्थ संसार

सोमबार, ०१ असार २०७७, १० : ०५ मा प्रकाशित

खल्तीको डाउनलोड १० लाख नाघ्यो, ई-सेवा भन्दा झण्डै दुई गुणाबढी रेटिङ

अर्थ संसार, काठमाडौं । इन्टरनेट एवं अनलाईन भुक्तानीको सेवा दिँदै आएको डिजिटल वालेट खल्तीको डाउनलोड १० लाख नाघेको छ । आइतबार बेलुकी खल्तीको डाउनलोड १० लाख नाघेको हो ।

नेपालमा सर्वाधिक लोकप्रिय डिजिटल भुक्तानीका रुपमा खल्ती र ईसेवा रहेका छन् । ईसेवाको डाउनलोड संख्या यसअघि नै १० लाख नाघिसकेको छ । तर, गुगल प्लेस्टोरमा ईसेवा भन्दा खल्तीको रेटिङ झण्डै दुई गुणा बढी रहेको छ ।

प्लेस्टोरमा प्रयोगकर्ताले ईसेवालाई १.७ स्टार रेटिङ दिएका छन् भने खल्तीको रेटिंग ३.७ स्टार रहेको छ । विभिन्न समसयमा ईसेवा सम्बन्धीत अधिकारीहरु र कम्पनी विवादमा आउँदा ईसेवाको रेटिंग घटेको हो ।

डिजिटिल पेमेन्टका रुपमा रहेका यी दुई कम्पनीहरुले विभिन्न अनलाईन भुक्तानीमा सेवा दिँदै आएका छन् । खल्तीकाे अभिभावक कम्पनी स्पेराे पे प्राइभेट लिमिटेड हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको