Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक यातायात पनि चल्ने तयारी

अर्थ संसार

सोमबार, ०१ असार २०७७, ०७ : २० मा प्रकाशित

सार्वजनिक यातायात पनि चल्ने तयारी

अर्थ संसार, काठमाडौं  । सार्वजनिक सवारीसाधन सुचारु गर्न यातायात व्यवस्था विभागले नयाँ निर्देशिका निर्माण गरे पनि व्यवसायीको असहमतिले जारी गर्न सकेको छैन । 

कोरोनाको बन्दाबन्दी बिस्तारै खुकुलो बनाउने तयारीसँगै विभागले सार्वजनिक सवारी सञ्चालन गर्न निर्देशिका निर्माण गरेको थियो तर व्यवसायीले विरोध गरेपछि विभाग र व्यवसायीबीच उपसमिति बनाएर वार्ता तथा छलफल भइरहेको छ ।

नयाँ निर्देशिका कारोनाबाट सुरक्षित रहेर सार्वजनिक सवारी सञ्चालन गर्न तयार गरिएको विभागले जनाएको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, “सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन प्राविधिक मापदण्ड बनाएको हो, सरोकारवालासँग छलफल भइरहेको छ । ”


सार्वजनिक सवारी सञ्चालन सामाजिक दूरी कायम हुनेगरी गर्नुपर्नेछ । जसमा पहिलाजस्तै सबै सिटमा यात्रु राख्न पाइने छैन । मास्क, पन्जा तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरिने छ ।

यसविषयमा थप छलफल अघि बढेको हो ।सरकारले पहिलो दोस्रो र तेस्रो चरण गरी बिस्तारै बन्दाबन्दी खुला गर्दै जाने निर्णय गरेको छ । सोहीअनुसार विभागले सार्वजनिक यातायात सुचारु गर्ने तयारी थालेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको