Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक सरूवा

अर्थ संसार

शुक्रबार, ३० जेठ २०७७, १५ : ५३ मा प्रकाशित

राष्ट्र बैंकका ५ कार्यकारी निर्देशक सरूवा

अर्थ संसार, काठमाडौं - राष्ट्र बैंकले विशिष्ट तहका ५ जनालाई सरुवा गरेकाmे छ । गभर्नर महाप्रसाद अधिकारीको निर्देशनमा कार्यकारी निर्देशकहरुमा भुवन कँडेल, पिताम्बर भण्डारी, रेवती नेपाल, रामु पौडेल, र विश्रुत थापा सरुवा भएका हुन् ।

निर्देशक भुवन कँडेल भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । यसअघि उनी आन्तरिक लेखापरीक्षण विभागमा थिए ।

त्यस्तै भुक्तानी प्रणाली विभागमा रहेका रेवती नेपाल भुक्तानी मुद्रा व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

त्यस्तै विश्रुत थापा आन्तरिक लेखापरीक्षण विभागमा सरुवा भएका छन् । यसअघि मुद्रा व्यवस्थापन विभागमा कार्यरत थापा केही समय अघि मात्रै कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

वित्त कम्पनी सुपरीवेक्षण र जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक एक अर्काको जिम्मेवारीमा सारफेर भएका छन् । यसअघि वित्त कम्पनी सुपरीवेक्षणमा रहेका रामु पौडेललाई जनशक्ति व्यवस्थापन विभागमा पठाइएको छ भने जनशक्ति व्यवस्थापन विभागमा रहेका पिताम्बर भण्डारीलाई वित्त कम्पनी सुपरीवेक्षणमा पठाइएको छ ।

राष्ट्र बैंक कर्मचारी सेवा नियमावलीले गभर्नरले नियमावलीको अधिनमा रही जुनसुकै बेला पनि आफ्ना कर्मचारीहरुको जिम्मेवारी हेरफेर गर्नसक्ने अधिकार दिइएको छ । सोही अधिकारको प्रयोग गरी नयाँ गभर्नरले पहिलोपटक व्यवस्थापकीय तहका ती कर्मचारीहरुको सरुवा गरेका हुन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको