Like us!
Follow us!
Connect us!
Watch us!

५० हजारलाई रोजगारी दिँदै "हायर मी"

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, १३ : ३४ मा प्रकाशित

५० हजारलाई रोजगारी दिँदै "हायर मी"

अर्थ संसार, काठमाडौं – नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले हायर मी नेपाल (Hire Me Nepal) परियोजना संचालन गर्न गइरहेको छ ।

कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट करोडौँ मानिस बेरोजगार हुने देखिएकाले स्वदेशमा रहेका तथा विदेशबाट आएका ५० हजार नेपालीलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गरिएकाे संस्थाका अध्यक्ष रमेश कुमार भट्टराइले जानकारी दिएका छन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन "श्रम सूचना बैंकको" अवधारणा सार्वजनिक गरेको छ । स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ ।

सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेसले हायर मी नेपाल (Hire Me Nepal) परियोजना संचालन गर्न गइरहेको हाे ।

रोजगारदातालाई चाहिएको जनशक्ती पाउन महँगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउँदा विदेश पलायन हुनु पर्ने बाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ । यही समस्या समाधान र सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको भट्टराइले बताएका छन् ।

देश र विदेशमा रहेको श्रमिक कामदारले वेब साईट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल (Hire Me Nepal) परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखी पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको कम्पनीले जानकारी गराएकाे छ ।

त्यस्तै, उक्त परियोजनालाई सातै प्रदेशमा प्रभावकारी रूपमा संचालन गर्नका लागि सम्पर्क कार्यालय खोली श्रावण देखि प्रचार प्रसारको कार्यक्रम गरि बढी भन्दा बढी जनशक्तीलाई समावेश गरीने पनि विज्ञप्तिमा उल्लेख छ ।

रोजगारदाता र रोजगारी चाहने बीच काममा लगाउने सहमती भइसकेपछि निजहरूलाई आवश्यक पर्ने तालिम पनि न्यून लागतमा उपलब्ध गराउने गरी कार्यक्रम निर्धारण गरिसकिएको अध्यक्ष भट्टराइले जानकारी दिएका छन् ।

कम्पनीले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5ee33900a54b6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको