Like us!
Follow us!
Connect us!
Watch us!

अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद

अर्थ संसार

बुधबार, २८ जेठ २०७७, ११ : ३९ मा प्रकाशित

अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाँजा बरामद

अर्थ संसार, काठमाडौं । पर्सामा अस्पतालको एम्बुलेन्सबाट ५६ किलो गाजा पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित गाजा लुकाइछिपाई तस्करी गरिरहेको अवस्थामा ५६ केजी गाँजासहित तीन जनालाई बुधबार बिहान पक्राउ गरेको हो ।

अल्पाइन अस्पतालको ना ६ च ८५९९ नम्बरको एम्बुलेन्समा प्रतिबन्धित गाँजा सहित तीन जालाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ  । बाराको सीमारामा एम्बुलेन्ससहित ३ जना पक्राउ परेका हुन् ।

लकडाउनको समयमा पर्सा प्रहरीले अहिले सम्मको सबैभन्दा बढी प्रतिबन्धित गाजा पक्राउ गरेको बुधबार सार्वजनिक गरेको छ । जिल्लाबाट विशेष सूचनाका अधारमा गएको प्रहरी टोलीले लागू औषध गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ। 

पक्राउ पर्नेमा लालबन्दी निवासी चालक जितबहादुर वाईवा, दिलबहादुर वाईवा तथा बहुदरामाई नगरपालिका भौराटार निवासी हरिशंकर महतो रहेका छन्। गाजा सहित पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको