Like us!
Follow us!
Connect us!
Watch us!

रुपन्देही हत्या प्रकरण  : मृतक ५ जनाकै परिचय खुल्यो

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, १० : २१ मा प्रकाशित

रुपन्देही हत्या प्रकरण  : मृतक ५ जनाकै परिचय खुल्यो

अर्थ संसार, काठमाडौं । रुपन्देहीको तिलोत्तमा कान्छीबजारमा भएको हत्या काण्डमा ज्यान गुमाउने ५ जनाकै परिचय खुलेको छ । मारिनेमा १ महिला र ४ पुरुष रहेका छन्।

मृतकको नाम खुलेपनि ठेगना भने खुलिसकेको छैन् ।  मारिनेमा ४० वर्षका माधव मुसहर र उनकी श्रीमती ३७ वर्षीया जानकी मुसहर, १४ वर्षका अनाथ पोसराज मुसहर, १७ वर्षीय करूण चौधरी र १७ वर्ष उमेरका नै आशिष चौधरी रहेका छन्।


करण सोही फर्मभित्रको एक घरमा बस्दै आएका थिए भने आशिष उनका साथी हुन्। कान्छी बजार घर भएका आशिष दुई दिनदेखि त्यहाँ बस्दै आएका थिए। फर्मका संचालक कृष्ण बहादुर पुन हुन् । कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण बहादुरको गंगादेवी पशुफर्ममा उनीहरूको सबैको सामुहिक हत्या भएको हो। 

घटनामा संलग्न भएका आशंकामा सुर्खेतका ३२ वर्षीय झसेन्द्र सिजांलीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । मानसिक अवस्था कमजोर रहेको भनिएका सिजांली पनि सोही फार्ममा काम गर्दै आएका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको