Like us!
Follow us!
Connect us!
Watch us!

रूपन्देहीमा हिजोराती ५ जनाको सामुहिक हत्या

अर्थ संसार

मंगलबार, २७ जेठ २०७७, ०७ : ५३ मा प्रकाशित

रूपन्देहीमा हिजोराती ५ जनाको सामुहिक हत्या

अर्थ संसार, काठमाडौं। रुपन्देहीमा हिजो (आइतबार) राती ५ जनाको सामूहिक हत्या भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा घटना भएको हो 

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजारका कृष्ण पुनको गाई फर्ममा काम गर्ने ६ जनामध्ये ५ जनालाको हत्या भएको हो ।  अर्का एक जना भने फरार रहेको जनाइएको छ ।  

मृतकको नाम खुलेको छैन प्रहरी घटस्थलमा भर्खर पुगेको छ । फरार हुने सोहि फर्ममा काम गर्ने झपेन्द्र सिन्जाली हुन् ।

घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ । घटनाबारे विस्तृत विवरण अाउँन बाँकी छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको