Like us!
Follow us!
Connect us!
Watch us!

सहयोगी विकास बैंकको साधारणसभा आज, मर्ज र लाभांश मुख्य प्रस्ताव

अर्थ संसार

शनिबार, २४ जेठ २०७७, ०९ : ०८ मा प्रकाशित

सहयोगी विकास बैंकको साधारणसभा आज, मर्ज र लाभांश मुख्य प्रस्ताव

अर्थ संसार, काठमाडौं - सहयोगी विकास बैंकले आज  १६ औं वार्षिक साधारण सभा बोलाएको छ । सिटिजन्स बैंक इन्टरनेशनलमा विलय हुन लागेको उक्त कम्पनीले सो प्रस्ताव लगायत विविध प्रस्ताव पारित गर्न सभा बोलाएको हो ।

 कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम, धनुषामा दिनको २ बजे आयोजना हुने सभाले सिटिजन्स बैंकसँग बिलय हुने प्रस्तावसहित गत वर्षको सञ्चित मुनाफाबाट प्रस्तावित १८ दशमलव ७२ प्रतिशत नगद लाभांश समेत पारित गर्नेछ ।

उक्त कम्पनी आफ्नो १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेशनलको ९१ दशमलव ७५ कित्ता शेयर आदान प्रदान अनुपात कायम गर्ने गरि बिलय हुन लागेको हो ।

यी दुबै कम्पनी बीच गत असार २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । उक्त सम्झौतालाई नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरिसकेकाले अन्तिम सम्झौताका लागि सभामार्फत प्रस्ताव पारित गर्न लागिएको हो । प्राप्ति गर्ने प्रयोजनका लागि सहयोगीको शेयर कारोबार गत असार २३ गतेदेखि बन्द रहेको छ ।

उता, सिटिजन्स बैंक इन्टरनेशनलले भने सहयोगी विकास बैंकलाई प्राप्ति गर्ने प्रस्ताव जेठ २७ गते विशेष साधारण सभामार्फत पारित गर्नेछ ।   सिटिजन्सको पनि कोरोनाका कारण यस अघि चैत १० गते हुन नसकेको पाँचौ विशेष साधारण सभा हुन लागेको हो ।

लकडाउनकै बीच पनि विशेष सावधानी अपनाएर सभा गर्ने तयारी बैंकहरुको छ । सिटिजन्सले प्रधानकार्यालय दरबारमार्ग, काठमाडौंमा विहान ११ बजेका लागि तय गरिएको सभाले प्राप्ती सम्बन्धि विविध विषयमा छलफल गर्नेछ ।

सहयोगी विकास बैंकलाई प्राप्ति गरेपश्चात सिटिजन्स बैंक इन्टरनेशनलको जारी तथा चुक्तापूँजी साविकको  ८ अर्ब ६२ करोड २१ लाख ९६ हजारदेखि बृद्धि भई  ९ अर्ब ८ करोड ९८ लाख १७ हजार पुग्नेछ । चुक्तापूँजी बृद्धि हुने भएकाले आगामी सभाले सोही बमोजिम हुने गरि बैंकको प्रबन्धपत्र संशोधन समेत गर्नेछ ।

हाल सहयोगी विकास बैंकको चुक्तापूँजी  ५० करोड ९६ लाख ६८ हजार रहेको छ । कम्पनीको जगेडा कोषमा रू। १२ करोड २५ लाख ७९ हजार छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म

सहयोगी विकास बैंकले  ९ करोड २२ लाख ८२ हजार खुद नाफा गरेको छ । यो बैंकको प्रतिशेयर आम्दानी  २४ दशमलव १४ र प्रतिशेयर नेटवर्थ रू। १६७ दशमलव ५३ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको