Web Analytics Made Easy - StatCounter
बुधबार, २८ साउन २०७७
दशगजामा भारतीय समूहलाई रोक्न हवाई फायर !
आइतबार, १८ जेठ २०७७

अर्थ संसार, काठमाडौं सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेपछि सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ ।

प्रहरीको अनुसार  समूहमा आएका भारतीयहरले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउ हवाई फायर गरेको हो ।

सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।

हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएका थिए ।



Copyright © 2020 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved