Like us!
Follow us!
Connect us!
Watch us!

कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना फरार

निशा हुमाँगाई

बुधबार, ०७ जेठ २०७७, १२ : ४९ मा प्रकाशित

कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना फरार

अर्थ संसार, काठमाडौं - कपिलवस्तुको क्वारेन्टाइनबाट ११ जना फरार भएका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं ६ को वासुदेव जनता माविको क्वारेन्टाइनबाट ११ व्यक्ति भागेका हुन् । 

सोमबार तीन जना र मंगलबार आठ जना गरी रतनपुर र भैसाही गाउँको ११ जना भागेका यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेश पाण्डेले जानकारी दिएका छन् । 

यसैगरी, पन्ध्र दिनको क्वारेन्टाइन अवधि पूरा भएतापनि किट अभाव भन्दै करीब २० दिनसम्म परीक्षण नगरिएकाले उनीहरू भागेका पाण्डेले बताएका छन् ।  

त्यस्तै, उनीहरूकाे खोजी गर्न प्रहरीचौकी रंगपुर, प्रशासन र गाउँपालिकालाई पत्राचार गरिएको वडाध्यक्ष श्यामनारायण उपाध्यायले जनाएका छन् । 

यसअघि पनि शुक्रबार र शनिबार गरेर यशोधरा गाउँपालिका वडा नम्बर ८ स्थित दुईवटा क्वारेन्टाइनबाट ४६ जना व्यक्तिहरु भागेका थिए । भारतका विभिन्न स्थानबाट लुकिछिपी आएका उनीहरुलाई स्थानीयको सहयोगमा गाउँपालिकाले क्वारेन्टाइनमा राखिएको यशोधराका प्रहरी नायव निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको