Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनले छेकेन चोरी गर्नेलाई

निशा हुमाँगाई

सोमबार, २९ बैशाख २०७७, १४ : २९ मा प्रकाशित

लकडाउनले छेकेन चोरी गर्नेलाई

अर्थ संसार, काठमाडौं - कोरोना भाइरसको जोखिम हुन नदिन जारी गरिएकाे लकडाउनकाे अवस्थामा पनि चाेरी गर्नेहरू सक्रिय रहेकाे देखिन्छ । 

लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ ।

गत चैत ११ गतेदेखि लकडाउन शुरु भएको थियो । बौद्ध क्षेत्रको विभिन्न स्थानबाट सो कार्यमा संलग्न दुई महिलासहित नौ पुरुषलाई पक्राउ गरी मुद्दा चलाएको वृतका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिएका छन् ।

विभिन्न बन्द होटल, रेस्टुराँ, पसल तथा कोठामा चोरी हुन थालेको उजुरीपछि प्रहरीले आफ्नो क्षेत्रमा गस्ती बढाएको थियो । उनले भने,“गस्ती बढाएसँगै लकडाउनको मौका छोपी चोरी गर्नेलाई पक्राउ गरी अनुसन्धनपश्चात् कानूनी कारवाही अघि बढाइएको छौँ । ती मध्ये कोही बालबालिका समेत रहेका छन् । कोहीलाई सम्झाइबुझाइ गरेर परिवारको जिम्मामा पठाएका छौँ । कोहीलाई सुधारगृह पठाएका छौँ ।”

प्रहरीले पसल चोरी गर्दै गर्दा गोरखा घर भई हाल काठमाडौँ बौद्ध बस्ने आयुष थापा मगर तथा भोजपुर घर भई काभ्रे बस्ने सुरज मगरलाई पनि प्रहरी पक्राउ गरेको थियो ।

त्यस्तै, चार्जमा राखेको मोबाइल चोरी गर्दै गर्दा प्रहरीले दुई महिलालाई पक्राउ गरी मुद्दा दायर गरेको छ । यसरी पक्राउ पर्नेमा काठमाडौँ सुकेधाराकी रेश्मा लामा र पर्सा घर भई काठमाडौँ बस्दै आएकी निर्मला भनिने मिना लामा रहेका छन् ।

त्यसैगरी, चोरी मुद्दामा पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई काठमाडौँ गोकर्णेश्वर बस्ने असल भुजेल र अभिषेक भुजेल, ओखलढुङ्गा घर भई काठमाडौँ बस्ने ङिमा शेर्पा र धनबहादुर तामाङ, बूढानीलकण्ठका आयुष राई र सुमन लिम्बू रहेका प्रहरीले जनाएको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको