Like us!
Follow us!
Connect us!
Watch us!

नग्न देखिएर महिलालाई नियन्त्रणमा लिँदा, जब काटिएको शिर साथमा भेटिएपछि

अर्थ संसार

शुक्रबार, २६ बैशाख २०७७, ०९ : ५४ मा प्रकाशित

नग्न देखिएर महिलालाई नियन्त्रणमा लिँदा, जब काटिएको शिर साथमा भेटिएपछि

 

अर्थ संसार,खार्किभ- युक्रेनको खार्किभ शहरमा एक अधबैंसे नग्न महिलालाई सडकको बिच देखेर नियन्त्रणमा लिद़ा उनीसँग भएको झोला हेर्दा  प्रहरी छक्क परे। किनकि त्यस झोलामा एक काटिएको टाउको थियो। 


तत्कालै प्रहरीले उनलाई गिरफ्तार गरेर अनुसन्धान गर्न थाल्यो। गिरफ्तार गर्ने क्रममा महिलाले आफु संग भएको चक्कुले प्रहरीलाई आक्रमण गर्ने भनेर धाम्की दिएकी थिईन। 


प्रहरीले उनलाई बिच सडकमा नग्न देखेर नियन्त्रण गर्न खोजेको थियो।  उनलाई गिरफ्तार गरिएको केहि समयमा एक आन्तोन नाम गरेका व्याक्तिले आफ्नो ११ वर्षकी भान्जीको टाउको काटिएको मृत शरीर घरमा भेटिएको भन्दै प्रहरीमा फोन आयो। 


अनुसन्धान गर्ने क्रममा उक्त मृत शरीर उक्त महिला संग बारमद टाउको मेल खायो। ३८ वर्षीय उक्त महिलाले आफ्नो ११ वर्षीय छोरीको हत्या गरेको खुल्नमा आएको छ।  



हत्या किन भयो भनेर चाही अझै प्रहरी अनुसन्धान मै रहेको छ।  छिमेकी संग बुझदा पनि परिवारमा तेस्तो केहि समस्या नरहेको र सधैँ खुसी हुने,रमाउने परिवार रहेको पाईएको छ। अझ परिवारमा कोहि पनि नसालु पदार्थ वा मादक पदार्थ सेवन नगर्ने राम्रो अनुशासित परिवार रहेको बुझिएको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको