Like us!
Follow us!
Connect us!
Watch us!

अलबिदा रानुदेवी

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १५ : १० मा प्रकाशित

अलबिदा रानुदेवी

अर्थ संसार, काठमाडौं - रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधन भएको छ । उनको ८६ वर्षका उमेरमा काठमाडौँकाे सिनामङ्गलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हाे ।

शास्त्रीय संगीतमा विशेष लगाव रहेको रानुदेवीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली, उठे नेपाली , जुनेली रात हजुर लगायतका गीत चर्चित छन् ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेकी अधिकारीको जन्म विसं १९९० मा भएको थियो । उनकाे गए राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका एक छोरा र दुई छोरी छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको