Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीलाई डुबायो काष्ठमण्डप खाद्य उद्योगले

अर्थ संसार

बुधबार, १७ बैशाख २०७७, ११ : १८ मा प्रकाशित

भाटभटेनीलाई डुबायो काष्ठमण्डप खाद्य उद्योगले

अर्थ संसार, काठमाडौं-  विगत १० वर्षदेखि भाटभटेनी सुपरमार्केटले काष्ठमण्डप खाद्य उद्योगबाट उत्पादन गरेको सामानहरु बेच्दै आइरहेको छ । विशेष गरी नेवारी समुदायको लोकप्रिय खानेकुरा लाखमरी, तिलको लड्डु, ऐठे, रोट, पञ्जाफी, अनरसा लगायतको बस्तुहरु भाटभटेनी सुपरमार्केटमा बेच्दै आएको  छ ।

बैशाख १५ गते त्यही काष्ठमण्डप खाद्य उद्योगको सामानको मूल्यमा भएको गडबढीले भाटभटेनीलाई कालोबजारी गरेको भन्दै नेपाल सरकार, वाणिज्य आपूर्ति तथा संरक्षण विभागले समात्यो । तीन लाख जरिवाना समेत गरेको छ । यो घटनाको जिम्मा काष्ठमण्डप खाद्य उद्योगले लिएको छ । उद्योगले एक सूचना प्रकाशित गरी आफूहरुको कारण भाटभटेनीको बेइजत भएकोमा क्षामा यचना समेत व्यक्त गरेको छ । । 

कसरी फस्यो त भाटभटेनी ?

लकडाउनको समयमा आफ्ना ग्राहकलाई सेवा दिने उद्देश्यले भाटभटेनी छोटो समयको लागि खुलेको थियो । बैशाख १५ गते नेपाल सरकार, वाणिज्य आपूर्ति तथा संरक्षण विभागले अनुगमन गर्दा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाएको थियो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई तीन लाख जरिवाना गरेको थियो ।  सुपरमार्केटले काष्ठमण्डप खाद्य उद्योगबाट ल्याइएका २५० ग्राम र ५०० ग्रामको प्याकेटको मूल्य एउटै भएको थियो । २५० र ५००  ग्रामको मूल्य एउटै पछि भाटभटेनी वाणिज्य आपूर्ति तथा संरक्षण विभागको फन्दामा परेको थियो । 

गल्ती स्वीकार्यो काष्ठमण्डप खाद्य उद्योगले

भाटभटेनीमा भएको घटना प्रति काष्ठमण्डप खाद्य उद्योगले दुख व्यक्त गर्दै आफूहरुबाट भएको गल्तीले भाटभटेनीको बेइजत भएको स्वीकारको छ । उद्योग एक सूचना प्रकाशित गरी भाटभटेनीको घटना आफ्नो कारणले भएको स्वीकार गरेको हो ।

यस्तो छ सूचना 

भाटभटेनी सुपरमार्केटमार्फत बिक्री हुने हरेक सामानमा सोको मूल्य उल्लेख हुने र भाटभटेनीले हरेक वस्तुको मूल्य पहिचानका लागि बारकोड प्रयोग गर्ने गरेका छ । हामीले सप्लाई गरेको लाखामरीमा पनि बारकोडसहित मूल्यको स्टिकर टाँसिएको छ । यस्तो बारकोड र मूल्यको स्टिकर टाँस्ने कार्य मूलत : भाटभटेनी आफैले गर्ने गरे पनि यसपटक लकडाउनको प्रतिकूल अवस्थामा उक्त बारकोडको स्टिकर टाँस्ने जिम्मा हामीलाई दिएको थियो ।

लकडाउनका कारण हाम्रा अधिकांश कर्मचारी काममा आउन नसकेको र सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको प्याकेटमा एउटै मूल्यको बारकोट स्टिकर टाँसिन गएको र सोही बस्तु अनुगमनका क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले फेला पारेर भाटभटेनीमाथि कारबाही भएको हो । पछिल्लो पटक यस उद्योगले बैशाख १० गते भ्याट बिल नम्बर ८३५ मार्फत आपूर्ति गरेको ५० प्याकेट लाखमरीमा फरक स्टिकर टाँसिएको पनि प्रस्ट पार्दछौँ । 

प्रोपाइटर 

अनिल दास राजकर्णिकार 
 काष्ठमण्डप खाद्य उद्योगबाट

नेपालमा एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको भाटभटेनी सुपरमार्केटमा कालोबजारी भएको सरकारले पत्ता लगाएसँगै त्यहाँका नियमित ग्राहकहरु आफूहरु ठगिएको हिसाव किताव गर्न थालेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको