Like us!
Follow us!
Connect us!
Watch us!

ट्याङ्कर चालकले नै ८ हजार लिटर पेट्रोलमा  पानी मिसाएकाे खुलाखा

सराेज खनाल

आइतबार, ०७ बैशाख २०७७, ०८ : ०८ मा प्रकाशित

ट्याङ्कर चालकले नै ८ हजार लिटर पेट्रोलमा  पानी मिसाएकाे खुलाखा

अर्थसंसार, काठमाडाैं - ट्याङ्कर चालकले नै आठ हजार लिटर पेट्रोलमा  पानी मिसाएकाे खुलाखा भएकाे छ । नेपाल आयल निगम थानकोट डिपोबाट बसुन्धरामा रहेको महालक्ष्मी फ्युल सेन्टरले खरिद गरेको पेट्रोलमा ट्याङ्कर चालकले नै पानी मिसाएको खुल्न आएको हाे । 

आयल निगमका अनुसार पम्पले थानकोट डिपोबाट उठाएको आठ हजार लिटर पेट्रोलमा ना ४ ख ३१५६ नम्बरको टयाङ्करको चालकले नै पानी मिसाएको पुष्टि भएको छ ।

पेट्रोल पम्पले शनिबार बिहान पेट्रोल बिक्री गर्नु अगाडि गुणस्तर जाँच गर्दा पानी मिसाएको भेटिएको थियो । 
 
पेट्रोलमा पानी देखिएसँगै पम्पले थानकोटको डिपोलाई खबर गरेको थियो । त्यसपछि त्यो पम्पबाट पेट्रोल बिक्री वितरण गर्न बन्द गरिएको थियो । 
 
पेट्रोलमा पानी मिसिएको घटनाका बारेमा निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रतिनिधिले छानबिन गर्दा टयाङ्कर चालकले नै पानी मिसाएको पुष्टि भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

टयाङ्कर चालकलाई कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको निगमकाे भनाइ छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको