Like us!
Follow us!
Connect us!
Watch us!

काे हुन् त्रिवि शिक्षण अस्पतालका डाक्टर कुट्ने प्रहरी ? छानविन गर्न समिति गठन

सराेज खनाल

विहीबार, ०४ बैशाख २०७७, ०९ : १४ मा प्रकाशित

काे  हुन् त्रिवि शिक्षण अस्पतालका डाक्टर कुट्ने प्रहरी ? छानविन गर्न समिति गठन

अर्थसंसार, काठमाडौं-  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डाक्टरमाथि प्रहरीले हातपात भएपछि  उक्त घटनाबारे छानबिन गर्न समिति गठन भएकाे छ ।

ड्युटी सकेर घर फर्कने क्रममा तीन जना डाक्टरमाथि कुटपिट भएकाे अ‌ाराेप उनीहरूले लगाएका थिए ।अ‌ाफूहरुलाई महानगरीय प्रहरी वृत महारागञ्जको टोलीले हातपात तथा दुर्व्यवहार गरेको उनीहश्रले बताएका हुन् ।

घटना छानविनका लागि महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय समिति बनाएकाे छ ।

समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी सदस्य छन् ।

राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर कुटपिटको घटना छानविन गरी दाेषीलाई कारवाही नगरे कडा कदम चाल्ने चेतावनी दिएकाे छ ।

बुधवार साँझ ड्युटी सकेर घर फर्कने क्रममा डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहमाथि दुर्व्यवहार भएकाे हाे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको