Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउन : आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

निशा हुमाँगाई

बुधबार, १९ चैत्र २०७६, १७ : १४ मा प्रकाशित

लकडाउन : आदेश उलङ्घन गर्ने दुई हजार ६७६ गाडी नियन्त्रणमा

अर्थ संसार, काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने दुई हजार ६७६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लकडाउनको समयमा आदेश उलङ्घन गर्ने उक्त गाडी नियन्त्रणमा लिएको हो ।

अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् । नियन्त्रणमा लिएकामध्ये दुई पाङ्ग्रे दुई हजार ४०५ र चारपाङ्ग्रे २७१ रहेका महाशाखाले जनाएको छ । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाइ बुझाइ घरतर्फ नै फर्काइएको बताएका छन् ।

त्यसैगरी, अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम  कडाइका साथ पालना गर्न लगाइएको महाशाखा प्रमुख ढकालले बताए । सरकारले कोरोना भाइरस फैलिन नदिन यही चैत ११ गतेदेखि चैत २५ गतेसम्मका लागि ‘लकडाउन’ गरेको छ । – रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको