Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत

सराेज खनाल

सोमबार, १७ चैत्र २०७६, ०७ : ०५ मा प्रकाशित

लकडाउनकै समयमा ८ वर्षीया बालिका बलात्कृत

अर्थसंसार, रौतहट- बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने उद्देश्यले सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी छिन् । 

रौतहटको कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएको दुईदिन न बित्दै जिल्लाको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिकामा अर्की ८ बर्षिया बलात्कारको घटना भएकी हुन् । 

फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका प्रताप पाश्वानका १८ बर्षिय छोरा नवल पाश्वानले आफ्नो छिमेककी ८ बर्षिया नाबालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

शनिवार राति घरबाट नजिकैको किराना पसलका खानेतेल किन्न गईरहेकी नाबालिकालाई अभियुक्त पाश्वानले समातेर नजिकैको गल्लीमा लगेर जबरदस्ती करणी गरेका थिए । 

सो क्रममा पीडित बालिका रोए कराई गरेपछी सुुनेर स्थानीयले पाश्वानलाई पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । 

खबर लगत्तै ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिसोर साहको कमाण्डमा गएको टोलीले आरोपी पाश्वानलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी निरिक्षक साहले आज सोमवार घटनालाई सार्वजनिक गरेका छन् ।
आरोपी नवल पाशवानमाथी बालयौन दुराचार संबन्धीमुद्धा  दर्ता गरी अदालतबाट आदेश लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी निरिक्षक साहले बताए । 

पीडित नाबालिका र पिडकको प्राथमिक स्वास्थ केन्द्र चन्द्रपुरमा स्वास्थ परिक्षण भईसकेको ईलाका प्रहरी कार्यालय बिजयपुरले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको