Like us!
Follow us!
Connect us!
Watch us!

कोरोनाका कारण १५ दिन पछाडी सर्याे आइपिएल

भुबी पनेरू

शुक्रबार, ३० फागुन २०७६, १६ : २७ मा प्रकाशित

कोरोनाका  कारण १५ दिन पछाडी सर्याे आइपिएल

अर्थ संसार, काठमाडौं- कोरोनाभाइरस संक्रमणको जोखिमका कारण इन्डियन प्रिमियर लिग (आइपिएल) को १३औं संस्करण १५ दिन पछाडि सरेकाे छ।

आगामी मार्च २९ बाट सुरू हुने तय भएको लिग अप्रिल १५ सम्मका लागि स्थगित भएको ‘बिसिसीआई’ ले प्रेस विज्ञप्ति मार्फत जानाएकाे छ।

‘हामी सम्पूर्ण खेल पदाधिकारी र दर्शकको स्वास्थ्यप्रति संवेदनशील हुनुपर्छ। यसको लागि हामी सरकार र सबै निकायसँग समन्वय गर्छौँ,’ विज्ञप्तिमा जारीगरीएकाे छ।

शुक्रबार बसेको बोर्डको छलफलले निर्धारित समयमै आइपिएल गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयालाई असर गर्ने निश्कर्ष निकालेको थियो। अप्रिल १५ देखि लिग सुरू गर्दा विदेशी खेलाडीहरूको भिसा प्रकृयाको लागि समय पुग्ने भन्दै बोर्डले लिगको मिति सारेको हो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको