Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १६ : २६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको क्रमिक मुद्दती खाता योजना सार्वजनिक

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडद्धारा आफ्ना ग्राहकलाई लक्षित गरी “थोरै थोरै बचतको निरन्तरता, छाउनेछ जीवनमा सम्पन्नता ” भन्ने सोचका साथ सांग्रिला क्रमिक मुद्दती योजना सार्वजनिक गरेको छ ।

यो योजना न्यूनतम मौज्दात ५ सय रूपैयाँबाट सुरू गर्न सकिनेछ । यस मुद्दती योजना अन्तर्गत ग्राहकहरूले केवल ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । साथै, यस योजना अन्तर्गत ३ वर्ष सम्म व्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएकाे छ । यस योजनाबाट ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने विश्वास बैंकले लिएको छ । 

त्यस्तै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरू, २६ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको