Like us!
Follow us!
Connect us!
Watch us!

ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह

भुबी पनेरू

विहीबार, २९ फागुन २०७६, १० : १५ मा प्रकाशित

ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह

अर्थ संसार, काठमाडौं –दक्षिण कोरिया जाने श्रमिकको भिसाको म्याद सकिन लागेपछि ईपीएस कोरिया शाखाले भिसाको म्याद थप गरिदिन आग्रह गरेको छ।

मार्चभित्रमा उडान नभए कोरिया जाने तयारीमा रहेका श्रमिकको भिसाको म्याद सकिने शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी गराएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि त्यहाँ जाने तयारीमा रहेका श्रमिकको उडानमा ढिलाइ भएकाे हाे। यसरी जाने तयारीमा करिव एक सय श्रमिक रहेको निर्देशक खनालले बाताए।

भिसा जारी भएको तीन महिना भित्रमा त्यहाँ पुग्नु पर्ने हून्छ। तर मार्च भित्रैमा श्रमिक कोरिया जाने अवस्था आयो भने भिसा थपिरहनु नपर्ने पनि खनालले  बताए।

भिसाको म्याद सकिएर समस्या नहोस् भनेर नेपालस्थित कोरिया दूतावासलाई पत्र पठाइसकिएको छ। म्याद सकिन लागेको भन्दै त्यहाँ जाने तयारीमा रहेका श्रमिक अतालिन थालेको र कोरिया पनि श्रमिक लैजान तत्पर रहेको भएपनि नेपाल अहिले नै त्यहाँ श्रमिक पठाउने पक्षमा छैन खनालले बताए।

कोरियाकाे अवस्था सहज भए मार्चभित्रै श्रमिक पठाउन कुनै समस्या नहुने ईपीएस शाखाले जनाकारी दिए।

दक्षिण कोरियाले सन् २००८ देखि नेपाली श्रमिक ईपीएसमार्फत लैजान थालेको र हालसम्म ६० हजार बढी श्रमिक ईपीएस मार्फत त्यहाँ पुगिसकेका छन्। हाल करिव ४० हजार श्रमिक कार्यरत छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको