Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबी बैंकको ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आबेदन आह्वान

अर्थ संसार

विहीबार, ०८ फागुन २०७६, २० : १२ मा प्रकाशित

एनएमबी बैंकको ‘प्रोजेक्ट स्वरोजगार’ मा सहभागिताको लागि आबेदन आह्वान

अर्थ संसार, काठमाडौं-एनएमबी बैंकले सिराहामा हुने ‘प्रोजेक्ट स्वरोजगार’ेमा सहभागिताको लागि आबेदन आह्वान गरेको छ ।

 बैंकको दीगो बिकासको लागी दीर्घकालिन उदेश्यको साथ अवसरहरुको सिर्जना तथा प्रवद्र्घन गर्न सञ्चालनमा ल्याइएको सामाजिक उत्तरदायीत्व अन्तर्गतको परियोजना हो।

प्रोजेक्ट स्वरोजगार मुख्यतय नवीनतम तथा अनुभवी उद्यमीहरुको सीप, मनस्थिती तथा क्षमता बिकास गर्न आयोजन ागर्न लागिएको बैंकले जनाएका छ । 

मन्त्री बास्कोटाको ७० करोड कमिसनको यस्तो सेटिङ (अडियोसहित)

 परियोजनको डिजाइन र व्यवस्थापन एनएमबि बैंक र ग्लोकल प्रा.लि.को साझेदारीमा गरिएको छ ।

यो परियोजना सिरहा जिल्लाका ५० जना व्यक्तिलाई प्रशिक्षण प्रदान गर्न डिजाइन गरिएको हो जसले उनीहरूको उद्यमशीलता र क्षमता विकास गर्न मद्दत गर्ने बैंकको विश्वास छ । तालिमको लागि उद्यमी संलग्नता, रुचि र विचारको आधारमा काम गर्ने क्षमतालाई मध्य नजर गरी सहभागीको छनौट गरिनेछ । ४ दिने तालिममा सम्बन्धित क्षेत्रमा अनुभवी प्रशिक्षकहरू द्वारा प्रशिक्षण प्रदान गरिनेछ ।

यस तालिम निःशुल्क रुपमा ५० जनालाई प्रदान गरिनेछ । इच्छुक आवेदकहरूले फारम भरी स्थानीय एनएमबि बैंक शाखामा र अन्य सरोकारवालाको कार्यालयमा पेश गर्न सक्नेछन्। कार्यक्रममा सहभागी हुनको लागि आवेदन २०७६ फाल्गुन २७ गते सम्म फारम भर्न सकिने बैंकले जनाएको छ ।

छनौट मापदण्ड

क) सहभागीको उमेर १८ वर्ष पुगेर ४० वर्ष ननाघेको हुनुपर्ने (२०७६ चैत्र ८ गतेसम्म) ।
ख) सहभागी सिरहा जिल्ला निवासी हुनुपर्ने ।
ग) सहभागी उत्कृष्ट तथा फरक व्यावसायिक दृष्टिकोण सहित प्रस्तुत हुनुपर्ने वा क्षमता विकास गर्न सकिने
सम्भावना भएको व्यावसायमा आबद्ध भएको हुनुपर्ने ।
घ) सहभागी २०७६ चैत्र ५ गतेदेखि ८ गतेसम्म कार्यक्रमका लागि दिन भर उपलब्धहुनुपर्ने ।

सहभागीले के प्राप्त गर्न सक्छन ?

क) अनुभवी प्रशिक्षकहरुद्वारा उद्यमशीलता विकास तालिम निःशुल्क प्राप्त गरी व्यावसायिक ज्ञान बृद्धि गरी व्यापार
विकासका लागि सहयोग प्राप्त गर्न सक्ने ।
ख) वित्तीय पहुँचका लागि सहजता ।
ग) बैंकको तर्फबाट निरन्तर परामर्श तथा सहयोग उपलब्ध हुने ।

5e4e997323091.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको