Like us!
Follow us!
Connect us!
Watch us!

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

अर्थ संसार

सोमबार, २७ माघ २०७६, २२ : ०० मा प्रकाशित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग

अर्थ संसार, काठमाडौं -ग्लोबल आइएमई बैंकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड रुपैया सहयोग प्रदान गरेको छ ।

रंगशाला निर्माणका लागि सहयोग जुटाउन चितवनको भरतपुरमा सञ्चालित धनधान्याचल महायज्ञमा आज बैंकका अध्यक्ष  चन्द्र प्रसाद ढकालले उक्त सहयोगको घोषणा गर्नुभएको हो ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न बैंकले सहयोग गरेको हो ।

राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी छ ।

ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास राख्दै शुभकामना व्यक्त गर्दछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको