Like us!
Follow us!
Connect us!
Watch us!

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

अर्थ संसार

बुधबार, २० कार्तिक २०७६, १५ : ५१ मा प्रकाशित

नक्कली सुन देखाई ठगी गर्ने पक्राउ

अर्थ संसार, काठमाडौं– नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ बेँसीगाउँबाट पक्राउ गरेको छ ।

बिक्री वितरणका लागि नक्कली सुन देखाई हिँडिरहेका भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो ।
 
लामो समयदेसख ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलोधातु बोकेर बिक्री वितरणका लागि ठगी गर्ने व्यक्ति हिँडिरहेका प्रहरीले जनाएको छ ।

पक्राउपछि उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको