Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी {फोटोफिचर}

अर्थ संसार

शनिबार, १६ कार्तिक २०७६, १३ : ४५ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी {फोटोफिचर}

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुुरा गरी १६औं  बर्षमाप्रवेश गरेको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाएको छ ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  ‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’  भन्ने मूल नारालाई मनन् प्रातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बैंकले आफ्नो १५औं बार्षिक उत्सव  विहिबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा  केक काटेर मनाएका थियो । कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुयोग श्रेष्ठले केक काटेर वार्षिकोत्सवको उपलक्ष्यमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।

त्यसै गरी बार्षिक उत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्य अन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभावनहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालय, बालुुवाटार, काठमाण्डौंमा शुक्रबार रक्तदान कार्यक्रम गरी मनाएको थियो ।

मुुलुुकभर सातवटै प्रदेशमा गरि ८७ वटा शाखाहरुबाट अत्याधुनिक बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको यस बैंकले आगामी वर्षहरुमा अझ सशक्त रुपमा ग्राहक सेवामा समर्पित हुने प्रतिबद्घता ब्यक्त गरेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरीको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

सांग्रिला डेभलपमेन्ट बैंककोे १५ औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरीको बाँकी फोटो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको