Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको शेयरधनीले संचालक समितिलाई दिए यस्ता सल्लाह (भिडियोसहित)

अर्थ संसार

मंगलबार, १४ असोज २०७६, १७ : १२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं–कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा गत शनिबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष  अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५/०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

सिटिजन्स बैंकको नियतमाथि शेयरधनी शिव प्रसाद पौडेलको चर्काे टिप्पणी (भिडियोसहित) भन्छन् -'साधारण सभा जुधाएर  शेयरधनी मोडि सजिलै एजेन्डाहरु पास गर्ने खराब नियत देखायो'

साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५/०७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड हुनेछ ।

सिटिजन्स बैंकको साधारणसभामा खैलाबैला : शेयरधनीले पारित हुन दिएनन् संचालकको पारिश्रमिक र भत्ता (भिडियोसहित)

आर्थिक वर्ष २०७५/७६ को  मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम  ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ७६ करोड तथा १ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको