Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार झर्न सकछ, बेचि हाल्नुस्, बढेपछि किनौला, नवराज घिमिरेको सेयर सस्तोमा बेच्नेलाई ब्यंग्य

बुधबार, १९ माघ २०७३, १३ : ०९ मा प्रकाशित

सेयर बजार झर्न सकछ, बेचि हाल्नुस्, बढेपछि किनौला, नवराज घिमिरेको सेयर सस्तोमा बेच्नेलाई ब्यंग्य


अर्थ संसार 

सेयर वजारका लगानीकर्ता मित्रलाई म केही महत्वपूर्ण टिप्स दिन चाहन्छु । यो कुरा पढ्नु भयो भने एकमुठी सास रहुन्जेल सेयर वेच्नु हुन्न । 

सेयर बजारमा चौका थाप्न आउनु भएका तपाई नयाँ, तथा अल्पकालीन लगानीकर्ताहरुमा अहिले के गर्ने भन्ने चिन्ताले सताएको हुनसक्छ । बजार २९२ मा पनि झर्न सक्छ । यसरी बजार २०६७ सालमा झरेको थियो । तपाईंहरु जतिमा बिक्री हुन्छ बेचेर निस्किनु राम्रो हुन्छ । बरु पछि वजार वढदै गएर २००० माथि पुग्छ । त्यसपछि फेरि च्याँखे थाप्न आउनुहोला । 

दीर्घकालिन लगानीकर्ताले भने किन आत्तिनु ? कम्पनीहरुको कमाई समग्रमा ५० प्रतिशतले बढ्दैछ । केही दिनमा तरलता समस्या समाधान हुने छ । नेपाल लाईफको फर्दर पब्लिक अफरिङ (एफपिओ)मा भरेको करिव ५२ अर्व रुपैयाँ वैंकिड च्यानलमा आईरहेको छ । समयमै वजेट ल्याउँदा पनि १० प्रतिशत वजेट खर्च गर्न नसक्ने सरकार यो इतिहासमै पहिलो हो ।

के यही सरकार सधैं रहिरहला ? सरकारको आयु अव कति छ ? त्यो पनि विचार गर्नुस । अर्को आउने सरकार वजेट खर्च गर्न यति उदासिन होला । के अव आउने सरकारले चुनावको मिति घोषणा न गर्ला ? अव अनलाईन ट्रेडिडको कुरा नेपाल स्टक एक्स्चेन्ज र धितोपत्र बोर्डले रोकेर रोकिएला ? तपाई नै भन्नुस ४१ वटा व्रोकर ताम्लोकाम्लो वोकेर उपत्यकाबाहिर हिँडे कि हिँडेनन ? 

तपाईंको डिम्याट खातामा भएको सेयर संख्या आफ्से आफ घटेर जाला ? कि तपाँईंले किनेको १ कित्ता सेयर घटेर ५० कित्ता भएको छ ? वजार घट्दैमा के प्रलय भो र ? खोई लगानी गर्ने अन्य क्षेत्र ? भूकम्प र अघोषित नाकावन्दी थेग्न सक्ने बजारमा के प्रलय हुदैछ त अहिले ? एक दशकमै सबैभन्दा बढी आर्थिक बृध्दि हुँदैछ ।

तपाईले लगानी गरेका सवै कंम्पनीको यसै महिनाभित्र आउँदैछ ।त्यसैले तपाईं सेयर वजारमा दरिन चाहनुहुन्छ भने न आत्तिनु , न मात्तिनु र न पात्तिनुस् । विश्वका १० जना अर्वपतिको सूचि हेर्नुहुन्छ भने ८ जना अर्वपति सेयर वजारवाटै वनेका हुन् । त्यसैले धैर्यू गरौं । सवै ठिक भएर जानेछ । त्यसपछि तपाईंले ‘उत्तानो प्रसाद’ र ‘हरियाली माईलो’ का कुरा सुन्न पर्दैन । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको