Like us!
Follow us!
Connect us!
Watch us!

शिशु मार्ने आमा पक्राउ

बुधबार, ०२ माघ २०७५, १८ : २८ मा प्रकाशित

शिशु मार्ने आमा पक्राउ

अर्थ संसार, काठमाडौँ–  आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ ।

काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

शिशुको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यस्तै प्रहरीले तीन हजार लिटर घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गर्ने कच्चापदार्थ बरामद गरी नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले दक्षिणकाली नगरपालिका क्षेत्रबाट ५०० लिटर र महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरी टोलीले काठमाडौँ शङ्खरापुर नगरपालिकाबाट ५०० लिटर तयारी मदिरा र दुई हजार लिटर कच्चापदार्थ बरामद गरी आज नष्ट गरेको जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको