Like us!
Follow us!
Connect us!
Watch us!

ब्राउन सुगरसहित ३ पक्राउ, यसरी खुल्यो रहस्य

बुधबार, ०२ माघ २०७५, १७ : २६ मा प्रकाशित

ब्राउन सुगरसहित ३ पक्राउ, यसरी खुल्यो रहस्य

अर्थ संसार, काठमाडौं–  रुपन्देहीबाट अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुटवल उपमहानगरपालिका १ ईट्टाभट्टी बस्ने २५ वर्षीय शिव मल्ल र सोही उपमहानगरपालिका १३ सुन्दरनगर बस्ने २७ वर्षीया विनी थापालाई अवैध लागूऔषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनीहरु ६ ग्राम २ सय ७० मिलिग्रामअवैध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

त्यस्तै बाँकेको जानकी गाउँपालिका १ बढैयाबाटखजुरा गाउँपालिका ५ बस्ने ३२ वर्षीय लुले खाँलाईअवैध लागूऔषध ब्राउन सुगर १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी साईगाँउबाट खटिएको प्रहरीले खाँलाई शंका लागेर जाँच गर्दा लागूऔषधसहित फेला पारेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको