Like us!
Follow us!
Connect us!
Watch us!

रेडियो, टेलिभिजनलाई इजाजत रोक

बुधबार, ०९ साउन २०७५, ०८ : १२ मा प्रकाशित

रेडियो, टेलिभिजनलाई इजाजत रोक

अर्थ संसार, काठमाडौं– सरकारले रेडियो, टेलिभिजन र डिजिटल प्रसारणको नयाँ इजाजतमा रोक लगाएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

रेडियो फ्रिक्वेन्सी बाँडफाँड, क्षमता वृद्धिलगायात विषयमा अध्ययन भइरहेकाले केही समयका लागि नयाँ इजाजत प्रदान बन्द गरिएको हो ।  

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले असार ३१ को मन्त्रीस्तरीय निर्णयाबट नयाँ इलाजतामा रोक लगाएको छ । मन्त्रालयले असार ३२ मा सूचना तथा प्रसारण विभागलाई पत्र लेख्दै नयाँ इजाजतपत्र जारी नगर्न निर्देशन दिएका छ ।

मन्त्रलयले एफएम रेडियो, टेलिभिजन र डिजिटल प्रसारणका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी, नयाँ प्रसारण इजाजतपत्र, क्षमता वृद्धि, प्रसारण केन्द्र स्थानान्तरण कार्य नगर्न विभागलाई निर्देशन दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको